विप्लव नेकपा र सरकारका मन्त्रीहरुबीच छलफल

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : १४


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुबीच विविध विषयमा छलफल भएको छ।

राजनीतिक परिस्थिति एवं देश र जनताका विभिन्न समस्याहरूको विषयमा आजको छलफल केन्द्रीत रहेको विप्लव नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले बताएका छन्।

भेटवार्तामा नेकपाका प्रवक्ता एबम् वार्ता टोलीका प्रमुख प्रकाण्ड र उदयबहादुर चलाउने , गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट , कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललगायत सहभागी भएका थिए ।

सो भेटवार्तामा राजनीतिक परिस्थिति एवं देश र जनताका विभिन्न समस्याहरूको विषयमा गम्भीर छलफल भएको बताइएको छ।

नेकपाका प्रवक्ता प्रकाण्डले नीति तथा कार्यक्रममा जनताका बिषयहरुलाई समेटी आगामी बजेटमा तयार गर्न  मन्त्रीहरुलाई सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस्