नेप्सेमा झिनो अंकको वृद्धि, ४ कम्पनीको सेयर मूल्य धेरै बढ्यो

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ०८


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज झिनो अंकले वृद्धि भएको छ। नेप्से आज हिजोको भन्दा २.६८ अंकले बढेर २६६४.२६ को बिन्दुमा पुगेको छ।

‘क’ बर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि सामान्य वृद्धि भएको छ। यस दिन सेयर बजारमा ५ अर्बमाथिको कारोबार भयो।

आज महिला लघुवित्त वित्तिय संस्था, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

समृद्धि फाइनान्स, ओरियन्टल होटल लगायत केहि कम्पनीको सेयर मूल्यमा गिरावट आयो। कारोबारका हिसाबले आज सबैभन्दा धेरै नागरिक लगानीकोषको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्