युनाइटेडसँग लिभरपुल लीड्स बराबरीमा रोकियो

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ३३


काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल लीड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा ३१ औँ मिनेटमा साडिओ मानेको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लिएको थियो ।

तर घरेलु टोलीका लागि ८७ औँ मिनेटमा डिएगो लोरेन्तेले बराबरी गोल फर्काएका हुन् ।


प्रतिक्रिया दिनुहोस्