३२० स्थानबाट मेलम्चीको पानी चुहावट

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : २६


काठमाडौं । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ ।

पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ ।

यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयुकेएलले जनाएको खबर गोरखापत्र दैनिकमा छ ।

केयुकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिए ।

उनले भने, ‘पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौं । सडक विभागसँग स्वीकृति लिएका छौं । अब थप स्थानमा मर्मत गर्नेछौं ।’ मेलम्चीको पानी उपत्यकामा सात वटा पोखरीबाट वितरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्