माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : १५


काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ ।

हिंजाे दिउँसो १ बजेका लागि डाकिएको बैठक अन्तिम समयमा आएर आज दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको छ । नेकपा माओवादी केन्द्र कांग्रेस, जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सत्ता समीकरण बनाउने पहलमा जुटिरहेको छ ।

यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहिपल्ट कांग्रेस र जसपाका नेताहरुसँग छलफल समेत गरिसकेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सत्ता समीकरण र सरकार गठनको प्रक्रिया अघि बढाउन समस्या हुने बताइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्