दलितमाथि दुव्र्यवहार गरेको भन्दै विप्लव कार्यकर्ताले दले कालोमोसो

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ४८


कावासोती । नवलपुरमा दलित भन्दै दुव्र्यवहार गरेको आरोपमा विप्लव नेतृत्वको नेकपा कार्यकर्तार्ल एक व्यक्तिमाथि कालोमोसो दलेका छन्।

नवलपुरको मध्यविन्दु वडा नं ९ का स्थानीय बिष्णु भण्डारीले दलित भन्दै युवकमाथि दुव्र्यवहार गरेकाले कालोमासो दलिएको विप्लव समूहले जनाएको छ।

भण्डारीले पिकनिक गएका बेला स्थानीय दिपक विश्वकर्माको हातले छोएको खानुहुन्न भन्दै दुव्र्यवहार र अपमान गरेको विप्लव कार्यकर्ताको आरोप छ।


प्रतिक्रिया दिनुहोस्