विद्यालय बन्द भए पनि त्रिभुवन विश्वविद्यालयका परीक्षा नरोकिने

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । सरकारले काठमाडौं उपत्यका सहित ठूला सहरका विद्यालय बैशाख मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

विद्यालय बन्द गर्ने भएपछि अब पठनपाठन भर्चुअल माध्यमबाट जारी रहनेछ। तर, त्रिभुवन विश्वविद्यालयका परीक्षा के हुन्छन् धेरैलाई चासो छ।

हाल स्नातक र स्नातकोत्तर तहको परीक्षा भइरहेका छन्। त्रिविले परीक्षा नरोकिने जनाएको छ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा जारी रहने त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले बताए। पठनपाठन भने क्याम्पसले भर्चुअल माध्यमबाट सञ्चालन गर्न सक्ने त्रिविले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्