त्रिदेशीय क्रिकेट : मलेसियामाथि नेपालको शानदार जित

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ३८


काठमाडौं । नेपालले मलेसियामाथि शानदार जित निकालेको छ।

सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२ दशमलव १ ओभरमा १ विकेट गुमाएर भेट्टायो।

नेपालको जितमा कुशल भुर्तेलले ६१ रनको रनको अविजित पारी खेले।

कुशलले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। आसिफ शेख ४२ रन जोड्दा क्याच आउट हुन पुगे। २९ बलको सामना गरेका आरिफले ४ चौका र १ छक्का हाने। दिपेन्द्र सिंह ऐरि ६ रनमा नटआउट रहे।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रन जोड्दा अलआउट भयो। कसिलो बलिङ गरेका नेपालका बलरहरुले मलेसियाका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएनन्।


प्रतिक्रिया दिनुहोस्