चिकित्सकको गल्तीले अनुहार बिग्रिएपछि राइजाले पाेखिन पीडा !

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १ : ४६


काठमाडौं । धनुष र काजोलको फिल्म ‘भीआइपी–२’ काम गरेकी अभिनेत्री राइजा विल्सन विशेष गरी आफ्नो सुन्दर अनुहारको कारण चर्चामा आउने गरेकी छन् । तर अब उनको त्यो सुन्दर अनुहारमा सर्जरीपछि दाग लागेको छ ।

टलिउड अभिनेत्री राइजाले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी छन् । उक्त तस्बिरमा उनको अनुहार धब्बा लागेको छ । उनको एक साइडको आँखा तल सुन्निएको छ ।

राइजाले तस्बिरको साथमा चिकित्सकको गल्तीको कारण आफ्नो अनुहारको अवस्था यस्तो भएको बताएकी छन् ।

राइजाले लेखेकी छन्–म एक साधारण फेसियल ट्रिटमेन्टको लागि डा.भैरवीको क्लिनिकमा गाएको थिए । उनले मलाई एक पक्रियाको लागि बाध्य पारिन् जसको मलाई आवश्यकता नै थिएन । यतिसबै भएपछि उनले मसँग कुरा गर्नै छाडेकी छन् । उनको स्टाफले बताए अनुसार उनी शहरबाट बाहिर छिन् । ’

राइजाको कामको कुरा गर्दा उनले २०१७ मा आफ्नो फिल्मी करियर सुरु गरेकी हुन् । उनी पहिलो पटक साउथको सुपरहिट फिल्म ‘भिआइपी–२’ मा देखिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्