राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ११ : ५२


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्