संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : १६


काठमाडौं । सोमबार बिहानै बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकबाट सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको हाे ।

पुनःस्थापित संसद कामविहीन भएपछि हिउँदे अधिवेशन अन्त्य गर्न सरकारलाई दवाव थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संसदले एउटा पनि विधेयक अघि नबढाई हिउँदे अधिवेशन अन्त्य हुने अवस्थामा पुगेको छ । पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन शुरु भएको डेढ महिनासम्म पनि संसदले कुनै विजनेश अघि बढाउन नसकेपछि ‘हाउस’अन्त्य गर्न सरकारमाथि दवाव बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्