एमाले महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बस्दै

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ५३


काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि कमिटी सदस्यहरु सबैलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

विभिन्न छ वटा अजेन्डा तय गर्दै केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्दैछ।

बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायत विषय बैठकमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्