कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ५८


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

१४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो ।

छलफलपछि तयारी नपुगको भन्दै आइतबारको बैठक स्थगित गरिएको थियो । कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ ।

आजको वैठकमा पछिल्लो राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्