सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ११


काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हाे ।

स्थायी कमिटी सदस्य मात्रिका यादवका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने छ ।

कर्णाली प्रदेश सरकार टिकाउन नेकपा एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएपछि माओवादी केन्द्रले केन्द्रमा पनि ओली सरकार फेर्ने गृहकार्य थालेको हो ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा जस्तै गण्डकी र लुम्बिनी प्रदेश सरकार तथा केन्द्रीय सरकार समेत परिवर्तन गर्ने तयारी भइरहेको बताएका थिए ।

पछिल्लो राजनीतिक परिस्थितिबारे पनि आजकाे बैठकमा छलफल हुने बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्