आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा नेपाल खनाल पक्षले बुझाँयो ८ पृष्ठ लामो निवेदन

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : २८


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा ८ पृष्ठ लामो निवेदन बुझाएको छ।

नेपाल पक्षका नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डेले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन आयोगमा निवेदन दर्ता गराएका हुन्।

निवेदनमा अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ र चैत ७ गते केन्द्रीय कमिटीका सबै निर्णय अवैधानिक भएको निष्कर्ष निकाल्दै त्यो फिर्ताका लागि आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्