एकता जोगाउन बैशाख ६ गतेको बैठक रोक्न एमाले अनुशासन विभागको माग

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : २९


काठमाडौं । नेकपा एमालेको अनुशासन विभागले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैशाख ६ गतेको बैठक रोक्न माग गरेको छ।

आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टी एकतालाई जोगाउनका लागि कसैले पनि मेरो गोरुको बाह्रै टक्काजस्तो ढिपी नगर्न आग्रह गरेका छन्।

उनले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टी एकतालाई जोगाउन पार्टीको तर्फबाट भएको एकतर्फी निर्णय फिर्ता लिन आग्रहसमेत गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘मेरो आग्रह छ मेरो गोरुको बाह्रै टक्का भन्ने नेपाली उखान जस्तो ढिपी कसैले नगरौँ। पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्ष मात्र सामेल भएर गरेको २०७७ फाल्गुण २८ गतेको एकतर्फी निर्णयलाई विना विलम्ब फिर्ता गरौं।’

पार्टीको विधान विपरित भोलिका लागि डाकिएको केन्द्रीय आयोजक कमिटीको बैठक रोक्नसमेत आग्रह गरेका छन्।

पार्टी पूर्ववत् अवस्थामा फर्केको हुनाले २०७५ जेठ २ गतेबाट अघि बढ्नुपर्ने समेत बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस्