नेप्सेमा ३६ अंकको पहिरो, ४ कम्पनीको मूल्यमा सर्वाधिक वृद्धि

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३६ अंकको गिरावट आएको छ।

अघिल्लो दिनभन्दा लगभग ३६ अंक अर्थात ३५.८९ अङ्क अर्थात् १.३१ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६९९.५१ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २७६०.०२ र कममा २६९६.२९६ पुगेको थियो।

आज १९५२८६५६ कित्ता सेयर ८ अर्ब ८० करोड माथि कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २०७ कम्पनीको सेयर किनबेच भएको हो।

आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तिय संस्था, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, डिवेश्वरी हाइड्रो पावर र नेपाल डिभलपर्स हाइड्रो पावरका सेयरधनीहरुले सर्वाधिक १० प्रतिशत हाराहारीमा कमाए।

गुडविल फाइनान्स लिमिटेड, कर्णाली डेभलभमेन्ट बैंक, साँँग्रिला डेभलभमेन्ट बैंक लगायतको सेयरमा सर्वाधिक गिरावट आएको छ।

यसदिन धेरै एभरेस्ट बैंकको सेयर कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्