एनआरएन अमेरिकाको ‘बोर्ड अफ डाइरेक्टर’मा उम्मेद्वारी दिएका ज्ञवाली को हुन?

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


बिभिन्न पेशा र व्यवसायसँगै अध्ययनको सिलसिलामा विश्वको शक्ति केन्द्र संयुक्त राज्य अमेरिकामा पुगेका सम्पूर्ण नेपालीहरूको लागि आगामी मे २९ तारिख निकै महत्वपूर्ण दिन हुने छ।

किनकि यो दिन अमेरिकामा गैर आवासिय नेपाली संघ (एनआरएनए, युएसए)को चुनाव हुँदै छ। यस चुनावमा जस्तो ब्यक्तिलाई चुनिन्छ उसले त्यही अनुसार त्यहाँ रहेका हरेक नेपालीको हक र अधिकारको लागि बोल्ने छ । त्यहाँको सरकारसँग लडाइ लड्ने छ।

तर अहिलेसम्म नेपालीको पक्षमा दरिलो ढंगबाट अमेरिकामा आवाज नउठाउँदा कति नेपालीले त्यहाँ दुख पाउनु परेको छ। त्यसकारण पनि यो चुनाव अमेरिकामा बसोबास गरिरहेका नागरिकको लागि निकै महत्वपूर्ण छ।

अध्यक्ष लगायतमा बिभिन्न पदमा बिभिन्न ब्यक्तिको उम्मेदवारी परिरहँदा निकै महत्वपूर्ण पद ‘बोर्ड अफ डाइरेक्टर’ को पदमा लुम्बिनी प्रदेश गुल्मीका एक जना होनहार युवा विजय ज्ञवालीले पनि उम्मेदवारी दिएका छन् । उनी को हुन् र उनलाई किन जिताउने रु उनको जीवनीमा एकै छिन् भ्रमण गरौँ ।

वि.सं २०४५ सालमा बुवा प्राध्यापक डा.हिरण्यलाल ज्ञवाली र आमा सिता ज्ञवालीको कोखबाट गुल्मीको थोर्गामा जन्मेका विजय ज्ञवाली एक जुझारु, शिक्षित र नेतृत्व क्षमतामा अब्बल युवा हुन्।

१७ बर्षको उमेरमै २०६२/६३ को दोश्रो जनआन्दोलनमा सकृय भूमिका निर्वाह गरेका ज्ञवाली वि.सं २०६५ सालमा मीनभवन क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सदस्यमा निर्वाचित भएका थिए।

उनले व्यवस्थापन विषयमा स्नातक तह र टुरिजममा स्नातकोत्तर गरेका छन् भने आईटी र पत्रकारिताको अध्ययनमा पनि संगसंगै छन् । उनीसंग कलिलो उमेरमै काठमाण्डौँ , बुटवल र चितवनमा राईज एजुकेशनको संस्थापक निर्देशक भएर काम गरेको दरिलो अनुभव छ।

सन् २०१७ मा अमेरिका पुगेका विजय न्युयोर्कमा रही राइज ग्लोबल ईन्क’ का सिईओ तथा रियल स्टेट र ईन्सुरेन्स एजेन्टका रुपमा कार्यरत छन्।

अमेरिकाका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भई योगदान गरेका विजयले गत बर्षको कोभिड महामारीमा नेपाली समुदायलाई उल्लेख्य सहयोग गरेका थिए भने कोभिडबाट मृत्यु भएका स्वर्गीय पवन मल्लका छोरीहरुका लागि आर्थिक सहयोग संकलन अभियानको नेतृत्व गरेका थिए।

त्यसैगरी नेपालमा लक डाउनबाट खान नपाएकाहरुका लागि संचालन गरेको तातो खाना अभियानलाई सहयोग गर्न रकम संकलनको नेतृत्व गरेका थिए उनले । उनी हाल एनआरएन युथ कोअर्डिनेसन कमिटीका सदस्य छन्।

एनआरएनप्रति आम युवाहरुको चासो नहुनुमा यसका नेतृत्वकर्तामा भएको दूरदर्शितामा कमी र दलीय राजनीतिको अर्को घिनलाग्दो रुप देखिएको उनले मायादेवीसंग बताए।

नेपालको राजनीतिकै शैलीमा काम गरिने भएकोले प्रवासी नेपालीको एक मात्र आधिकारिक संस्था भएर पनि सदस्य बन्नका लागि हात जोड्नुपर्ने अहिलेको अवस्थाको अन्त्य गर्न आफूले उमेदवारी दिएको उनी बताउँछन्।

नेपालीहरु वीच कुनै दलगत, जातिगत र क्षेत्रीय सम्बन्धभन्दा नितान्त फरक र गर्व गर्न सकिने सम्बन्धको बिकास गर्नैपर्ने उनको जोड छ।

युवासहितको एनआरएनए र मातृभूमि र कर्मभूमिको सम्बन्धलाई अझ घनिभूत बनाउँदै प्रवासी नेपालीहरूको अधिकारलाई दुबैतर्फ मजबुत बनाई सबैको साझा संस्था बनाउन पहल गर्ने उनको प्रतिज्ञा रहेको छ।

उनले राष्ट्रिय समन्वय परिषद अमेरिकाको सन २०२१–२०२३ कार्यकालको लागि वोर्ड अफ डाईरेक्टर पदमा उमेदवारी दिएका हुनाले आफूलाई भारी मतले जिताउन उनले सबै संग आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्