नेकपा माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  २ : १७


काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि बिहान ११ बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हाे ।

भोलिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन नरहेको जानकारी गराउने श्रेष्ठले जानकारी दिए । ‘

श्रेष्ठका अनुसार भोलिको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ ।

पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्