नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनदेखि अहिलेको समसामयिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीस्य कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि बस्नु पर्ने बैठक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण आइतबारलाई सरेको हो ।

महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि पटक पटक म्याद थपिए पनि पूर्ण हुन सकेको छैन । कांग्रेसले चैत ३० गतेसम्म क्रियाशील सदस्यताका काम सक्न जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको थियो ।

तर केही जिल्लाले अझैसम्म क्रियाशील सदस्यता वितरण गर्न फारम नपाएको बताएका छन् । कांग्रेसले महाधिवेशनका लागि क्रियाशील सदस्यको संख्या १० लाख पुर्याउने योजना बनाएको भए पनि अहिलेसम्म ६ लाख मात्रै सदस्य पुगेको बताइएको छ ।

कांग्रेसले लामो समयसम्म विशेष मुद्दा बनाउन नसकेको सत्ता परिवर्तनको मुद्दालाई पनि आइतबारको बैठकमा गम्भीर रुपले उठाउने भएको बताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्