भारतमा रायपुरको कोरोना अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गयो

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । आगलागीमा मृत्यु हुनेमा ४ जना कोरोना संक्रमित छन् ।

रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसियु कक्षमा बिद्युत सर्ट भइ आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५० जना कोरोना संक्रमित समेत गरी १४५ जना बिरामी उपचाररत सो अस्पतालमा आगलागी हुँदा बिरामीहरुबीच भागदौड मच्चिएको थियो ।

घटनामा केही बिरामी घाइते भएका छन् । आगलागीपछि बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । एक बिरामीको आगलागीमा जलेर मृत्यु भएको थियो भने अर्का बिरामीको आगलागीका कारण असक्सिजन सप्लाई बन्द भएर मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्