गृहमन्त्री थापा र विप्लव नेकपाका प्रवक्ताबीच भेटवार्ता

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच शनिबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट गरेर नेकपा प्रवक्ता प्रकाण्ड गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगेका हुन।

उक्त भेटवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको प्रगतिका साथै जेलमा रहेका नेकपाका नेता – कार्यकर्ताको रिहाईको सन्धर्भमा भएको कार्यप्रगतिको बारेमा छलफल भएको बताइएको छ।

यसैगरी , सो भेटवार्तामा देशको जटिल राजनीतिक अवस्था र त्यसको अग्रगामी निकासको बारेमा समेत छलफल भएको बताइएको छ।

२ दिन अघि पोखरामा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले विप्लव समूहसँग हतियार रहेकाले सुरक्षा निकायले निगरानी गर्नुपर्ने बताएका थिए।

प्रकाण्ड र गृहमन्त्री बादलबीचको आजेको यो भेटवार्ता अर्थपूर्ण रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्