एमसिसीले नेपाललाई सिध्याउँछ : सौरभ (भिडियो)

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । लेखक एवं विश्लेषक सौरभले अमेरिकी परियोजना एमसीसीले नेपाललाई सिध्याउने टिप्पणी गरेका छन्।

आफ्नो नयाँ पुस्तक ‘असहमति ३’ सार्वजनिक गर्दै सौरभले एमसीसीको विरोध जनाएका छन्।

देशभरका पुस्तक पसलमा आज शनिबारदेखि उपलब्ध ६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू समावेश छन्।

‘आरआई, बिमेस्टेक, एमसिसीजस्ता पश्चिमाहरूका लगानीले साना मुलुकमाथि निरंकुशता बढ्छ र एकदिन त्यसले राष्ट्रको अस्मितामाथि प्रश्नचिह्न खडा गर्छ। हामीलाई सिध्याउन अहिले सबै लागिपरेका छन्, यदि यस्तै अवस्था रहे हामी बर्मा, ग्रीस, अलबानिया वा दक्षिण कोरियाजस्तो हुन सक्छौँ’, उनले भनेका छन्, ‘यी कुरालाई आधारभूतरूपमा कम्युनिस्टहरूले संस्थागत गर्न खोजिरहेका छन्। त्यसैले मैले किताबमा मार्क्स र क्राइस्टबाट मुक्ति शीर्षकमा दुईवटा लेख लेखेको छु।’


प्रतिक्रिया दिनुहोस्