माधव नेपाललाई शान्ता चौधरीको चेतावनी-‘तपाईको बिधी पद्धतिसँग अब सिंगो पार्टी मूकदर्शक बन्दैन’

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेकपा एमालेमा केपी शर्मा ओली पक्षीय नेतृ शान्ता चौधरीले वरिष्ठ नेता माधव नेपाल पक्षमाथि आक्रोश पोखेकी छन्।

शुक्रबार कर्णाली प्रदेशमा भएको मतदानमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई सहयोग गरेपछि नेतृ चौधरीले नेता नेपाल समूहमाथि आक्रोश व्यक्त गरेकी हुन।

उनले एमाले हौं भनेर एमालेको घर भाँड्ने छुट कसैलाई नभएको समेत प्रष्ट पारेकी छन्।

चौधरीले माधव नेपालको विधि र पद्धतिले एकता होइन विभाजनको माग गरेको भन्दै हिजो नेकपा हुँदा पनि पार्टी अध्यक्षलाई धेरैपटक कारवाही गरेको र अहिले एमाले भएपछि पनि विधि पद्धतिका नाममा समानान्तर गतिबिधि गरिरहेको आरोप लगाएकी छन्।

चौधरीले ट्विटमा लेखेकी छन् ,’हिजो नेकपा हुँदा पनि तपाईको पद्धतिले सूर्य चिन्ह छिटो हामीलाई दे भनेर निर्वाचन आयोगतिर फर्केर चिच्याउँदै थियो । पार्टीको अध्यक्षलाई तपाईको पद्धतिले धेरै पटक कारवाही गरेको थियो। अब तपाईको बिधी पद्धतिसँग नेकपा एमाले सिंगो पार्टी मूकदर्शक बन्दैन । तपाईले जनताको प्यारो पार्टी लाख प्रयत्न गरे पनि हराउन सक्नुहुन्न । अन्ततोगत्वा तपाईको अनुचित विधी र पद्धतिले हार्नेछ । जहाँ प्रेम छ त्यहीँ बसेर हो सघाउने,घर भाँड्न तपाईलाई छुट छैन कमरेड।’


प्रतिक्रिया दिनुहोस्