कर्णाली घटनाबारे गोकुल : ‘समलिङ्गीहरुको प्रेमलापबाट के के न जन्मियो भन्ठानेको त..४ मुसा रैछन्’

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता गोकुल बाँस्कोटाले कर्णाली प्रदेशमा घटेको राजनीतिक घटनालाई ‘समलिङ्गीहरुको प्रेमलापबाट निस्केको परिणाम’को भएको टिप्पणी गरेका छन्।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन एमालेका सांसदहरुले नै मत दिएका थिए।

एमालेका ४ सांसदहरुले माओवादी केन्द्रलाई समर्थन गरेपछि उनीहरुलाई बाँस्कोटाले ‘मुसा’को संज्ञा दिएका छन्।

सो घटनाबारे बाँस्कोटाले सामाजिक सञ्जाल टिव्टरमा लेखेका छन्–‘समुन्द्रको पीँधभन्दा पनि डीप लभ परेका समलिङ्गीहरुको प्रेमलापबाट कर्णालीमा के के न जन्मियो भन्ठानेको त क्यप्टेनसँग झोक चलेर आफै सवार जहाज प्वाल पार्ने चार मुसा जन्म्या रैछन,त्यो पनि जहाज बचाउन रे। छापामार सँगको लभ आइडियाको कमाल पनि देखियो।’


प्रतिक्रिया दिनुहोस्