उपत्यका सहित ठूला सहरका स्कुल/कलेज वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । कोरोना भाइरसका घटना बढेपछि शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ।

आज बसेको कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

सो सिफारिसबारे मन्त्रिपरिषद्बाट निर्णय भए कार्यान्वयनमा आउने छ।

आज बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

बैठकले कोरोना महामारीबाट जोगिनका लागि स्थानीय तहमा प्रभावकारी ढंगले जनचेतना फैलाउने व्यवस्था गर्न समेत सरकारलाई सिफारिस गरेको छ।

सिंहदरबारमा शनिबार बसेको बैठकले कोभिड-१९ को नयाँ भेरियन्ट पहिलेको तुलनामा छिटो फैलिने भएकाले स्वास्थ्य सर्तकताका मापदण्डलाई कडाईका साथ पालना गर्ने र आवश्यक जनचेतना फैलाउने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको हो।

कोभिड-१९ को महामारी नियन्त्रणका लागि विगतमा सरकारले गरेको प्रयास र जारी भएका मापदण्ड तथा आदेशहरु कतिपय निस्कृय भईसकेको र नयाँ भेरियन्टको संक्रमण सर्ने जोखिम अत्याधिक भएकाले आवश्यकता अनुसार नयाँ मापदण्ड तयार गरि तत्काल कार्यान्वयनमा ल्याउन बैठकले सुझाव दिएको छ। तर निर्णय नभईसकेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव खगराज अधिकारले बैठकले गरेका सिफारिस बारे थप विषय बताउनन् चाहेनन्।

विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने सन्दर्भमा विगतमा जस्तो नभई संक्रमणको जोखिम र फैलावटको स्थिति हेरेर अत्याधिक जोखिमका क्षेत्र पहिचान गरि बैकल्पिक शिकाईको व्यवस्था मिलाउने बारे स्थानीयतहसंग परामर्श गरि निर्णय गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्