प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज (शनिबार) सर्वदलीय बैठक बस्दै छ । बैठक शनिबार विहान ११ बजे बस्ने जनाइएको छ ।

उनका प्रेस सल्लाहकार सूर्य थापाा अनुसार कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन ।

संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक गर्न लागिको थापाले जनाएका छन ।

मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका हुने उनको भनाइ छ । बैठकमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका सहभागी हुने बताइएकाे छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताएका छन् ।

पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्