दूरसञ्चार प्राधिकरणको कार्यालय नाचघरमा

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय सरेको छ । यसअघि कमलादीमा रहेको प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघर जमलको सांस्कृतिक संस्थान अर्थात् व्यापारिक भवनमा सरेको हो।

प्राधिकरणबाट हुँदै आएका सम्पूर्ण काम आजदेखि जमलस्थित नाचघरबाट प्रवाह भएको जनाइएको छ । आफ्नै कार्यालय भवन नभएको प्राधिकरणले नाचघरको व्यापारिक भवन १० वर्षका लागि भाडामा लिएको हो।

प्राधिकरणले नयाँ भवनलाई मासिकरुपमा प्रतिवर्ग फिट रु ७० भाडा बुझाउने गरी सम्झौता गरेको जनाइएको छ।

प्राधिकरणले यसअघि खुमलटारस्थित रेडियो नेपालको जग्गामा कार्यालय भवन बनाउने तयारी थालेको थियो।

बयालिस रोपनी उक्त जग्गामा भवन बनाउने प्रक्रिया शुरु नभएपछि प्राधिकरणले नाचघरको भवनमा कार्यालय सारेको हो।


प्रतिक्रिया दिनुहोस्