पश्चिम बंगाल निर्वाचनका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल गरिएको छ ।

बिहीबार बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो ।
पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ ।
उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए ।

सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस्