अमेरिकामा अश्वेत सवारी चालकमाथि गोली प्रहार गर्ने प्रहरी अधिकृत पक्राउ

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । अमेरिकाको मिनसोटामा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा एक श्वेत प्रहरी अधिकृतलाई पक्राउ गरिएकाे छ।

उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले जनाएका छन्। पक्राउ परेकी प्रहरी अधिकृत किम पोटरलाई हाल अनुसन्धानका लागि हिरासतमा राखिएकाे छ।

पोटरले २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस आफूले गोली चलाएको बयान दिएकी छन्। उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्।

पोटर र प्रहरी प्रमुख टिम गानन‌ले ब्रुकलिन सेन्टर फौज छाडेका छन्। उक्त हत्याले प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप भएकाे थियाे।
उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो।


प्रतिक्रिया दिनुहोस्