कुम्भ मेलापछि हरिद्धारमा ह्वात्तै बढे कोरोना संक्रमित

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


नयाँ दिल्ली । भारतको हरिद्धार क्षेत्रमा कोरोनाका संक्रमित बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पछिल्ला २ दिनमा १ हजार संक्रमित थपिएका छन्। हालै ठूलो कुम्भमेला भएपनि कोरोनाका संक्रमित बढेका हुन।

यसैबीच, भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित भएाछ ।

आशङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्य सार्वजनिक गरेका छन।

“मलाई कोरोना भाइरसबाट सङ्क्रमित भएका बेला देखिने केही लक्षणहरु देखिएपछि परीक्षण गरेकामा म कोरोना भाइरसबाट सङ्क्रमित भएको रिपोर्ट आएको छ”, मुख्यमन्त्री आदित्यले लेखेका छन।

सङ्क्रमण पुष्टि भएपछि आफू अहिले सेल्फ आइसोलेशनमा बसेको र कोरोना भाइरसको सङ्क्रमणकै कारण कुनै गाह्रो समस्या भने नभएको पनि उनले स्पष्ट पारेका छन।
चिकित्सकहरुको सुझाव र सल्लाहअनुसारको जीवनशैली अहिले अपनाइरहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री आदित्यले उल्लेख गरेका छन।

उनले आफू सेल्फ आइसोलेशनमा रहे पनि भर्चुअल प्रणालीमार्फत बैठक, भेटघाट, छलफल र कुराकानीहरु गर्ने गरेको उनले जानकारी दिए।

मुख्यमन्त्री आदित्य सङ्क्रमित भएर आइसोलेशनमा बसे पनि सरकार सञ्चालन र त्यसका काम कारवाहीमा भने कुनै प्रभाव नपरेको अधिकारीहरुले जनाएका छन् ।

उनले पछिल्लो केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई तत्काल कोरोना भाइरसको परीक्षण गराउनसमेत आह्वान गरेका छन।

उनीसँगै अन्य केही उच्च अधिकारी र उनको सम्पर्कमा रहेका केही व्यक्तिसमेत सङ्क्रमित भएको जनाइएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार मात्रै कम्तीमा १८ हजार २१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने अरु ८५ जनाको मृत्यु भएको छ।

 


प्रतिक्रिया दिनुहोस्