म्यानमारमा सेनाको गोलीबाट २ नेपालीभाषीको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । म्यानमारमा सेनाको गोलीबाट २ नेपाली भाषीको मृत्यु भएको छ।

भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो ।

गौतम दम्पती नजिकैको गोठबाट घर फर्किंदै थिए । म्यान्मारको जगाईं प्रान्तमा पर्ने सानो सहरको नाम हो टमु । यो सानो सहरमा करिब ४ हजार नेपालीको बसोबास छ।

सेनाले चलाएको गोलीबाट गौतम दम्पतीसहित ३ जनाको ज्यान गएको हो। ६ जना घाइते छन् । १६ जनालाई सेनाले पक्राउ गरेको छ ।

गौतम दम्पती तीन पुस्तादेखि त्यहाँका बासिन्दा थिए। उनीहरुले गाईपालन गरेर जीविका चलाउँथे।


प्रतिक्रिया दिनुहोस्