एमसीसी संसदमा प्रस्तुत गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको एमसीसी प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्।

देशबासीका नाममा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुदा एमसिसिमा सम्झौता गरिएको उल्लेख गर्दै उनले सरकार सो प्रस्तावबारे संसदमा छलफल होस् भन्ने माग गरिरहेको बताए।

उनले सरकारले प्रस्तुत गरिसकेपछि संसदमा निर्णयार्थ प्रस्तुत नगर्नु भनेको असंबैधानिक हुने तर्क गरे।

उनले भने “नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुदा एमसिसि सम्झौता गरिएको गरिएको थियो। त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौ। टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन। हामी त्यसको माग गरिरहेका छौ। त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संबैधानिक अधिकार कसैसंग हुदैन। त्यो गर्नैपर्ने हुन्छ। तर संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति हामीले झेलिरहेका छौ।”

आपसी बैमनश्यता नभई एक भएर अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गर्दे उनले भने “फाटोको खेति होइन बैमनश्यताको होइन । अनेकता र दुरिलाई हटाएर राष्ट्रिय एकता कामय गर्ने र हाम्रा सम्पुर्ण सामर्थय र सहयोगहरु देश विकासका लागि प्रयोग गर्नुपर्ने आजको आवश्यकता हो । त्यस आवश्यकता तर्फ म सबैको ध्यानाकर्षण गराउँछु ।”


प्रतिक्रिया दिनुहोस्