कोरोना बढेपछि भारतमा कक्षा १० को बोर्ड परीक्षा रद्द , १२ को स्थगित

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरका कारण जनजीवन प्रभावित बन्दै गएको छ।

राज्यका केहि शहरमा लकडाउन गरिएको छ। एकैदिन लाखौं संक्रमित थपिँदै गएका छन्।

कोरोना संक्रमित बढ्दै गएपछि सरकारले कडा कदम लिँदै गएको छ। यसैबीच, भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ। भने कक्षा १२ को परीक्षा पनि हाललाई स्थगित गर्ने निर्णय भएको भारतीय सञ्चार माध्यम जनाएका छन्।

कक्षा १० मा आन्तरिक मूल्यांकनलाई नै आधार मानेर विद्यार्थीहरु पास फेल हुनेछन् भने कक्षा १२ को बोर्ड परीक्षाबारे जुन १ तारिखमा बैठक बसेर छलफल हुने अधिकारीहरुले जनाएका छन।


प्रतिक्रिया दिनुहोस्