हरिद्धारमा पूर्वराजालाई भेटेका योगी आदित्यनाथलाई कोरोना संक्रमण

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । हालै भारतको हरिद्धारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण भएको छ।

मुख्यमन्त्री आदित्यनाथले बुधबार ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘लक्षण देखिएपछि मैले परीक्षण गराउँदा संक्रमण देखियो। अहिले सेल्फ आइसोलेशनमा छु। चिकित्शकको परामर्श पूर्ण रुपमा पालना गरेको छु। सबै काम भर्चुअल रुपमा गरिरहेको छु।’

केहीदिन अगाडि मात्र नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको कुम्भ मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए।

आदित्यनाथसँगै काम गर्ने अन्यमा कोरोना भेटिएपछि उनको परीक्षण गरिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्