आमा बन्दै ऋचा शर्मा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । पछिल्लो समय अभिनयमा खासै सक्रिय नदेखिएकी नायिका ऋचा शर्मा आमा बन्न लागेकी छन् ।

नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जालमा एउटा सन्देश लेख्दै ऋचाले आफू आमा बन्न लागेको जानकारी आफ्ना फ्यानहरुलाई दिएकी छन् ।

ऋचाले सबैको आर्शिवादको अपेक्षा समेत गरेको उल्लेख गरेकी छिन् ।

ऋचाले लेखेकी छिन्, ‘आमाले भन्नुहुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउँछस । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’

ऋचाले एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा भएको पनि उल्लेख गरेकी छिन् । उनले अगाडि लखेकी छन्,  ‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमान्ले सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाइहरु सम्पूर्णको आर्शिवादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’

नायिका ऋचा शर्मा र दिपेक्ष विक्रम राणाबीच अघिल्लो वर्ष २०७६ सालको मंसिर महिनामा बिहे भएको थियो ।


प्रतिक्रिया दिनुहोस्