नहरमा डुबेर बालकको मृत्यु

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


इटहरी । सुनसरीको इटहरीमा नहरमा डुबेर १ बालकको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी रहेका छन् । ​

मंगलबार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई स्थानीयसहित खोजी गरिरहेको प्रहरीले फेला पारी उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान लगिएकोमा उपचारको क्रममा भुर्तेलको राति ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको उक्त कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्