नेपाल टनेल युगमा प्रवेश गरेको छ: प्रधानमन्त्री

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टनेल युगमा प्रवेश गरेको बताएका छन् ।

थानकोट-नौविसे सडकबाट पनि टनेल युगमा नेपाल प्रवेश गरेको देखिएको प्रधानमन्त्री ओलीको भनाइ छ।
‘हामी टनेल युगमा प्रवेश गर्नका लागि बाटाका क्षेत्रमा थानकोट-नौविसे सडक, त्यसबाट पनि देखिएको छ। हामी टनेल युगमा प्रवेश गरेका छौं,’ नयाँ वर्षमा जनताका नाममा सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले भने।

टनेल निर्माण कसरी भइरहेको छ भन्नेबारे हेर्न काठमाडौंवासीलाई सजिलो पनि भएको उनले बताए।

‘अब काठमाडौंवासीलाई के सजिलो भएको छ भने टनेल कसरी निर्माण भइरहेको छ त्यो हेर्न जाने,’ प्रधानमन्त्री ओलीले भने, ‘कसरी अब टनेलबाट नौविसे छिर्ने र नौविसेबाट काठमाडौं छिर्ने? त्यो ३/४ किलोमिटरको बाटो भएर कसरी आउँदैछ।’

उनले उत्तर-दक्षित रेल र बाटामा पनि टनेलको प्रयोग गर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्