प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको उनको स्वकीय सचिवालयले जनाएको छ ।

सम्बोधनमा प्रधानमन्त्रीले आगामी नयाँ बर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशबासीलाई आग्रह् गर्नेछन् । यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना,सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नेछन्।

प्रधानमन्त्री ओलीले २०७७ साललाई ‘पीडादायी वर्ष’को रुपमा चित्रित गर्नेछन् । २०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य,आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख हुनेछ ।

कोराना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम गर्‍यो र के उपलब्धी हासिल गर्‍यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्