संघीयताप्रति जनतामा असन्तुष्टि छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको माला जप्नेहरु सोही प्रणालीलाई असफल पार्ने खेलमा लागेको बताएका छन।

नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक प्रदेशमा सरकार परिर्वतनका खेल भईरहेको र त्यो खेलमा संघीयताको माला जप्नेहरुनै लागेको बताएका हुन।

उनले अग्रगामी शक्ति विरुद्ध दक्षिणपन्थी, वामपन्थी, अतिवादी लगायत सबै प्रकारका गठबन्धनहरु लागेको टिप्पणी गरे।

यस्तो अपवित्र गठबन्धन जसरी हुन्छ मुलुकमा द्धेष, घृणा र फाटो बढाएर विभिन्न किसिमका आतंक मच्चाउने काममा लागेको दाबी उनले गरे।

उनले भने “अपवित्र गठबन्धन अग्रगामी शक्ति विरुद्धको गठबन्धन , दक्षिणपन्थी र वामपन्थी ,अतिवादी लगायत सबै प्रकारका अपवित्र गठबन्धन गरेर अस्थिरता ल्याउने। स्थिरता हुन नदिने। द्धेष फैलाउने, घृणा फैलाउने। फाटो बढाउने, अनेकता मच्चाउने काम मात्रै भएका छन्।”

उनले अपवित्र गठबन्धन कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने अभियानमा लागेको र आफुलाई “भित्तामा बनाएको मिथिला चित्र बनाउने” ढंगमा अघि बढेको टिप्पणी गरे।

संघीयताको माला जपेर नथाक्नेहरु नै अहिले संघीयता प्रति जनतामा वितृष्णा फैलाउने काममा लागेको र जनतामा पनि संघीयता नचल्ने रहेछ कि भन्ने आशंका जन्मन थालेको तर्क उनले गरे।

प्रधानमन्त्री ओलीले आफुले वामपन्थी आन्दोलनलाई एकजुट बनाउ हरंसंभव प्रयास गरेको उल्लेख गर्दे अहिले भष्मासुरको कथामा जस्तै आफैमाथि शक्तिको प्रयोग देखाउने काम भएको टिप्पणी गरे।

उनले भने “महादेवले भष्मासुरलाई बरदान दिए जस्तै । मैले बहुमत दिएँ । मैले बहुमत दिएपछि खै यो बहुमतको प्रयोग गरेर टाउकोमा हात राखौ भनेर मैलाई साधारण सदस्य पनि नरहेने गरि पार्टीबाट निकालेको तपाईहरुले सुन्नुभयो होला नि । मैले नै अगुवाई गरेर पार्टी एकठाउँमा ल्याएँ । तर उनीहरुलाई चाहिएको रहेछ बहुमत । मलाई चाहिएको थियो एकता।”


प्रतिक्रिया दिनुहोस्