एमालेमा लागेका माओवादी सांसदको पद गयो

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका प्रदेश सांसद पदमुक्त भएको छ।

सोमबार कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी धर्मराज रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी गराएपछि उनी पदमुक्त भएका हुन्।

कर्णाली प्रदेशमा तत्कालिन माओवादी केन्द्रबाट दैलेख क्षेत्र नम्बर १ (क)बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सभा सदस्य रेग्मी हालै मात्र एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ।


प्रतिक्रिया दिनुहोस्