एमसीसीलाई संसदमा प्रवेश गराउन सत्तापक्षका सांसदको माग

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले विवादित अमेरिकी सम्झौतालाई संसदमा प्रवेश गराउनुपर्ने बताएका छन्।

सोमबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद अधिकारीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई तुरुन्त संंसद्को बिजनेस बनाउन माग गरेका हुन।

“कांग्रेस र माओवादीको सरकार हुँदा एमसीसीको सम्झौता गरियो, अहिले संसद्‌मा थन्को लागेको छ” सांसद अधिकारीले बैठकमा भने, “सत्ताको निम्ति यसलाई जुवाको खालमा राखेजस्तो गरिन्छ। एमसीसीलाई संसद्‌को बिजनेस बनाइयोस्।””

२९ भदौ २०७४ मा नेपाल र अमेरिकाबीच एमसीसी कम्प्याक्टमा हस्ताक्षर भए पनि संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयन प्रक्रियामा गएको छैन।


प्रतिक्रिया दिनुहोस्