कोरोनाबाट थप चार जनाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । कोरोना संक्रमणबाट बुटवल र कैलालीमा गरि थप चार जनाको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको सोमबार(आज) विहान मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन्।

यस्तै कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

फागुनको पहिलो साता भारतबाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । कडा प्रकारको निमोनियाँसहित अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस्