कीर्तिपुर नगरपालिकाका वडाध्यक्षको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाका १ जना जनप्रतिनिधिको मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजकुमार मालीको मृत्यु भएको हो ।

मस्तिष्कघात भएपछि मालीलाई उपचारका लागि वयोधा अस्पतालमा लगिएको थियो ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माली नेकपाप एमालेका तर्फबाट कीर्तिपुर–७ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्