‘हिन्दू सम्राट’को हैसियतमा आज हरिद्वारमा गंगा स्नान गर्दै पूर्वराजा ज्ञानेन्द्र

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहले ‘हिन्दू सम्राट’को हैसियतमा आज गंगामा शाही स्नान गर्ने भएका छन् । आज सोमबारे अौसी समेत पारेर उनले गंगा स्नान गर्न लागेक हुन् ।

भारतको उत्तराखण्ड राज्य अन्तर्गत हिन्दूहरुको प्रमुख धार्मिक स्थल हरिद्वारमा आयोजित महाकुम्भ मेलामा शाह दम्पतीले शाही स्नान गर्ने भएका हुन् ।

मेलाका लागि गत विहीबार भारत प्रस्थान गरेका पूर्वराजा शाह दम्पतीको सनातन विधिअनुरुप स्वागत गरिएको छ । हरिद्वारमा पूर्वराजा शाहलाई उत्तरखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले विशेष स्वागत गरेका थिए ।

हरिद्वार पुगेका शाहले दक्षिणकाली मन्दिर पहुँचमाईको दर्शन गरेका छन् भने सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीबाट आशीर्वाद समेत ग्रहण गरेका छन् ।

महाकुम्भ मेलाका अवसरमा पूर्वराजा शाहले सोमबार ‘हिन्दू सम्राट’को हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका छ।

शाही स्नान कार्यक्रममा स्वामी कैलाशानन्द गिरी, उत्तरखण्डका मुख्यमन्त्री रावत, केदारनाथका पिठाधीश लागायत साधु सन्तको उपस्थिति रहने जनाइएको छ ।

महाकुम्भको मार्च ११ मा पहिलो शाही स्नान भइसकेको छ भने दोस्रोपटकको शाही स्नान अप्रिल १२ अर्थात ३० चैतमा गरिन लागिएको हो ।

कुम्भमेलाका अवसरमा हरिद्वार पुगेका शाहले यसलाई आफ्नो सौभाग्य भनेका छन्। उनले हिन्दू धर्ममाथि वाह्य आक्रमण भइरहेको भन्दै रक्षाका लागि अपिल गरेका छन् ।

सन्यास परम्पराका सर्वोच्च पदधारी निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणामा शाह दम्पती गत विहीबार भारत प्रस्थान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्