रुपन्देहीको पेट्रोल पम्पमा भीषण आगलागी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । रुपन्देहीमा पेट्रोल पम्पमा आगलागी भएको छ। रुपन्देहीको गैडहवा गाउपालिका वडा नं ७ गुलरियामा चोक नन्दनगरमा रहेको पेट्रोल पम्पमा आइतबार साँझ आगलागी भएको हो।

स्थानीय राजकुमार चौधरीको आशिष पेट्रोल सप्लायर्स नामको पम्पमा लागेको आगो नियन्त्रणमा आएको छैन।

आगो नियन्त्रण लिने प्रयास गर्दा पम्प सन्चालक हेमन्त चौधरी घाइते भएका छन्।

घाइतेको उपचारका लागि बुटवल पठाईएको छ।

आगलागीबाट करिव १ लाख लिटर ईन्धन जलेर नस्ट भएको छ भने तेल बोकेर आएको ट्यांकर समेत जलेर नस्ट भएको छ।

अहिले दुईवटा बारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको ईलाका प्रहरी कार्यालय सुर्यपुराका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरि बहादुर खड्काले बताए।

आगो के कसरी लाग्यो भन्ने थाहा हुन नसकेको खड्काले बताए।


प्रतिक्रिया दिनुहोस्