बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।

गेरुवा गाउँपालिका–१ निवासी ६० वर्षीया भुन्टी बोहोराको बगुवा सामुदायिक जङ्गलको किनारमा आज बाख्रा चराउनेक्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

सो स्थानमा पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ। रासस


प्रतिक्रिया दिनुहोस्