रुपन्देहीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । रुपन्देहीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु भएको छ।

रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनीमा ना ६ ख ९४१ नम्बरको बसले लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ सौतामारेका २१ वर्षीय सञ्जय खनाल र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बाँदीकोटका २१ वर्षीय फिरज क्षेत्री रहेका छन्। गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको छ।


प्रतिक्रिया दिनुहोस्