सत्ता सहकार्यको निर्णय लिन जसपाका नेताहरू छलफलमा

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तीन दलबीचको गठवन्धन बनाउने नेपाली कांग्रेसको प्रस्तावमाथि छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरु जुटेका छन् ।

शुक्रवार नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले बोलाएको बैठकमा जसपाले पार्टी निर्णयपछि थप छलफल गर्ने बताएको थियो ।

जसपाको छलफलमा संघीय परिषद् सदस्य डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

जसपा संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादव ओली सरकारलाई हटाएर कांग्रेस माओवादी र जसपाको गठबन्धनको सरकार बनाएर देशलाई निकास दिनुपर्ने पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

कांग्रेसले शुक्रबार माओवादी र जसपालाई बोलाएर आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने प्रस्ताव गरेको थियो। कांग्रेसको प्रस्तावमा माओवादीले सहमति जनाएको भए पनि जसपाले पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएको थियो ।


प्रतिक्रिया दिनुहोस्