माओवादी केन्द्र ब्युँतिएपछि जनताको घरमा प्रचण्ड, गुनासो सुन्दै (फोटोफिचर)

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल विभिन्न जिल्लाको भ्रमणमा व्यस्त छन्।

सर्वोच्च अदालतको फैसलापछि अध्यक्ष दाहाल गाँउ केन्द्रीत बन्न थालेका हुन।

अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि असन्तुष्ट रहेका दाहालले केहिदिन अघि अब आफू काठमाडौं भन्दा बाहिरनै बढी समय बिताउँने योजना रहेको सुनाएका थिए।

‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु’, अध्यक्ष दाहालले भनेका थिए।

सो सम्बोधनपछि अध्यक्ष दाहाल सिन्धुली पुगे। धेरै बर्षपछि अध्यक्ष दाहाल सिन्धुली पुगेका थिए।

‘फ्रेस’ हुन सिन्धुली पुगेका प्रचण्ड आफ्नै पार्टीका सांसद हरिबोल गजुरेलको निवासमा बास बसे।

त्यसपछि विभिन्न जिल्लाको भ्रमणमै व्यस्त रहेका दाहाल हालै रुकुम पुगे। स्थानीयका घरमा बसेका अध्यक्ष दाहालले केहि दिन त्यहाँ बिताए।

अध्यक्ष दाहाल आइतबार गृहजिल्ला चितवन पुगेका छन्। प्रचण्डले आज भरतपुर महानगरपालिका वडा नम्बर २२ बोटे टोलमा रहेको लोपउन्मुख बोटे जातिको घर अवलोकन गरे।

चितवन महानगर प्रमुख एवं आफ्नी छोरी रेनु दाहालसँगै अध्यक्ष प्रचण्ड बोटे जातिको घर अवलोकन गर्न पुगेका हुन्।

अध्यक्ष प्रचण्डले बोटे टोलको अवलोकनसँगै उक्त टोलका स्थानीय जनताको घरमा खाना खाएका थिए। त्यहाँ उनले स्थानीयका गुनासो समेत सुने।

अध्यक्ष दाहालको जनतासँग थालेको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्